Muktishree Press Release 2013.12.22

 

पत्रकार मित्रहरु,

 

मुक्तिश्री प्रा.लि.को निमन्त्रणा स्वीकार गरी पाल्नुभएका संपूर्ण पत्रकार मित्रहरुको हार्दिक स्वागत अभिवादन गर्दछु । यस प्रालिको तर्फबाट आज यहांहरुसँग भेटघाट गर्न पाउँदा प्रसन्नताको अनुभव गरेको छु । सुमार्गी परिवारले आफ्नो व्यवसाय विस्तार गर्दै आजको अवस्थामा आइपुगेकोे विगतको सन्दर्भ, आजको स्थिति र भविष्यका लागि निर्धारित ठूला आयोजनाहरुकाबारे जानकारी गराउने उद्देश्यले यो भेटघाट कार्यक्रमको आयोजना गरिएको छ ।

पिता स्व.माधवराज सुमार्गी तथा माता विश्वकान्ति कलावती सुमार्गीको अग्रसरतामा २०२९ सालदेखि संचालित हेटौंडा चुन उद्योग,कलात्मक काष्ठ उ्द्योग स्थापना गरिएकोमा सो व्यवसायलाई निरन्तरता दिंदै २०६० बैशाखदेखि दूरसंचार, खनिज , मिनरल, पूर्वाधार विकास, जस्ता क्षेत्रमा कार्य गर्ने ,ती क्षेत्रहरुमा आवश्यक लगानी व्यवस्थापन,संचालन सहकार्य गर्नेसमेतका उद्देश्यकासाथ मुक्तिश्री प्रा.लिले विभिन्न क्षेत्रमा उद्योग व्यवसाय स्थापना र संचालन गर्दै आएको छ ।

अब हामी यस कम्पनीले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यका साथ संचालनमा रहेका र भविष्यमा संचालनमा ल्याइने व्यवसायबारे संक्षेपमा प्रस्तुत गर्ने अनुमति चाहन्छौं ।

  •  नेपालमा रहेको राष्ट्रिय तथा बहुराष्ट्रिय रङ्गरोगन (पेन्ट) बनाउने उद्योगको कच्चा पदार्थ डोलामाईट तथा नेपालमा फस्टाएको पोल्ट्री व्यवसायको दाना बनाउने उद्योगहरुको कच्चा पदार्थ क्याल्सीयम कार्वोनेट तथा कृषकहरुले माटोमा बढ्दो अम्लियपनको कारण भोग्नु परेको समस्यालाई समाधान गर्न कृषिचुन र भवन निर्माणमा प्रयोग हुने मोज्याईक दानासमेत उत्पादन गर्ने देशको अग्रणी खानीजन्य उद्योगको रुपमा हेटौंडा चुन उद्योग प्रा.लि. नामक उद्योग २०२९ सालदेखि मकवानपुरको निवुवा टार हुंदै भैंसे गा.वि.स ७ मा संचालनमा छ ।
  • २०३४ सालमा कलात्मक काष्ठ उद्योग र यातायात क्षेत्रमा काम गर्दै २०५५ सालमा एभरेष्ट मिनरल प्रोडक्ट प्रा.लि. मा मिनरल उद्योग स्थापना गरी संचालन गरी आएका छौ ।
  •  सो पश्चात टेलिकम्युनिकेशन (मोबाईल सेवा) क्षेत्रतर्फ व्यवसाय केन्द्रित गर्दै प्रारम्भमा स्पाईस नेपाल प्रा.लि.‘मेरो मोबाइल’ नाममा निजीक्षेत्रमा संचालित मोवाईल सेवाको लगानीकर्ता एवं व्यवस्थापनमा सहभागी हुने र अनुभव प्राप्त गर्ने अवसर प्राप्त ग¥यौं ।
  •  कृषकहरुको उत्पादनले सहजबजार र उचित मूल्य पाउनु पर्छ , त्यसको लागि किसानहरुले उत्पादन हुने समयमा आफनो उत्पादन, बिक्री नगरी अफ सिजनका लागि जोगाएर राख्न सकेमा उचित मूल्य पाउने सन्दर्भमा हेटौडामा १००० टन क्षमताको दुर्गा कोल्ड स्टोरेज प्रा.लि.संचालन गरिएको छ र नारायणी अञ्चलका किसानहरुको मागलाई ध्यानमा राखी आगामी वर्षदेखि ३००० टन क्षमाता पुर्याउने कार्य सम्पन्न भईरहेको जानकारी गराउंदछौं ।
  •  नेपालको उत्तरी उच्च हिमालको मुहानको पानीलाई प्रशोधन गरी अन्तर्राष्ट्रिय बजार लिन सक्ने संभावनालाई ध्यानमा राखी कोरियनसंगको संयुक्त लगानीमा रसुवा जिल्लाको धुन्चेमा हिमालयाज स्प्रिङ् वाटर प्रा.लि. नामक कारखानाबाट ‘अनटप ’ ट्रेडमार्क भएको स्प्रिङ्ग मिनरल वाटर उत्पादन गरिदै आइएको छ । अन्तर्राष्ट्रिय गुणस्तरमा दैनिक १ लाख २० हजार बोतल उत्पादन क्षमताको कारखानाबाट विभिन्न साईजमा पानी उत्पादन गरी स्वदेश तथा विदेश (हङ्कङ् र दक्षिण कोरिया) निर्यात भइरहेको छ भने जापान,चीन,अमेरिका,क्यानडा तथा खाडी राष्ट्रहरुबाट पनि माग आउन थालेको छ । साउदी अरेविया र अबुधावीमा निर्यात सम्झौता भई उत्पादन निर्यातको क्रममा रहेको छ । यसमा हाम्रो ८० प्रतिशत शेयर लगानी रहेको व्यवहोरा अनुरोध छ ।
  •  आवासको क्षेत्रमा सुरक्षित र सुपथ मूल्यमा निर्माण सामाग्री तयार गर्ने र त्यसलाई वातावरण मैत्री बनाउने सन्दर्भमा काठमाण्डौको गोठाटार गा.वि.स मा इन्को प्यानल इण्डष्ट्रिजबाट नया प्रविधि प्रयोग गरी सुरक्षित निर्माण सामग्री “प्यानल” उत्पादन गरिंदै आएको छ । आवाज र वातावरण (तातो चिसो) नियन्त्रित रहने, ईंटा आदि प्रयोग नगरी घर बनाउन सकिने उक्त हलुका तर वलियो प्यानल निर्माण क्षेत्रमा लोकप्रिय हुँदै गएको छ । साथै यस प्यानलबाट निर्माण भएका भवनहरु उच्च भूकम्यीय जोखिम रहेको हाम्रो जस्तो मुलुकको लागि धेरै नैे राम्रो तथा सुरक्षित रहेको छ । अहिले दैनिक उत्पादन ४०० थान प्यानल रहेको छ ।
  • नैतिक शिक्षा सहित उच्च एवं स्तरीय शिक्षाको लागि हेटौडा एजुकेशन फाउण्डेसन प्रा.लि.अन्तर्गत विद्यालय सचांलन गरिएको छ । फाउन्डेसनबाट गुणस्तरीय शिक्षा प्रदान गरिंदै आएको छ । हेटौंडाको मनोरम स्थानमा पर्याप्त क्षेत्र ओगटेको विद्यालयले भविष्यमा गुरुकूल शिक्षा पद्दतिसमेत संचालन गर्ने लक्ष राखेको छ । स्वदेशका साथै विदेशमा बसेका एन.आर.एन.का बालबालिकाहरुलाई नेपाली संस्कृति र नैतिक शिक्षा दिई राष्ट्रिय स्वाभिमानले ओतप्रोत बनाउने लक्ष राखेका छौं ।
  • काठमाण्डौ विश्वविद्यालयबाट डेभलपमेन्ट र सोसियल साईन्सको अध्ययन गराउन अनुमतिप्राप्त एकमात्र प्रतिष्ठित शैक्षिक संस्था नेशनल कलेज अफ हायर एजुकेशन प्रा.लि.मा हाम्रो संलग्नता रहेको छ, जहा अहिले ५ सार्क मुलुकका विद्यार्थी अध्ययन गर्र्दछन भने आगामी २ वर्षमा सातै मुलुकका विद्यार्थी उक्त कलेजमा आउने विश्वास लिइएको छ ।
  • वित्तीय क्षेत्रको सन्दर्भमा यति बिकास बैंकमा लगानी रहेको छ ।

अब हामी यस कम्पनीले निकट भविष्यमा प्रारम्भ गर्न लागेका ठूला आयोजनाका बारेमा अवगत गराउने अनुमति चाहन्छौं ।

  •  दूरसंचार सेवाको विश्वव्यापकतामा देखिएको विस्तारलाई पच्छ्याउंदै नेपालको दुर्गम, ग्रामीणक्षेत्रमा दूरसंचार सेवाको पहुंच पुर्याउने उद्देश्यले संचारक्षेत्रलाई आफनो व्यवसायको एक अंग बनाउने सन्र्दभमा नेपाल स्याटेलाइट टेलिकम प्रा.लि.को नाममा ‘हेलो नेपाल’ ब्राण्डको मोवाईल सेवा २०६६ सालबाट मध्यपश्चिमाञ्च विकासक्षेत्रबाट सेवा प्रारम्भ गरी हाल दोश्रो चरणमा सुदूर पश्चिमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रमा आफ्नो नेटवर्क विस्तारको कार्य गरिरहेको र सन २०१४ फेब्रुअरीको अन्तसम्ममा ती क्षेत्रहरुमा सेवा पुर्याई नेपाल राज्यभर सेवा विस्तार गर्ने कार्यलक्ष राखेका छौं ।दूरसंचार सेवा अत्यधिक ठूलो लगानीमा संचालन हुने व्यवसाय भएकोले यसमा कुल रु ३ अर्व लगानी भईसकेको र हाल थप ४ अर्व लगानी गरी सुदूर पश्चिमाञ्चल र पश्चिमाञ्चलमा सेवा विस्तार कार्य गरीराखेका छौं । कम्पनीलाई नेपाल राज्यभर सेवा विस्तार गर्न थप ६ अर्व लगानीको आवश्यकता पर्ने देखिएको छ । हामीले स्वदेशी लगानीले अपुग भई अन्तर्राष्ट्रिय कम्पनीहरुबाट कर्जा लगानीस्वरुप अमेरिकी डलर ६५ मिलियन रकम यस कार्यका लागि ल्याईसकेका छौं ।
  • देशलाई जलविद्युतको खाँचो भएको अनुभव गरी धादिङ्ग आँखुखोला हाइड्रो पं्रा.लि. कम्पनी स्थापना गरी धादिङ्ग जिल्ला आंखुखोलामा ३५ मेगावाट क्षमताको विद्युत आयोजना संचालन गर्ने अनुमति प्राप्त गरी आवश्यक कार्य प्रारम्भ गरिसकेका छौं । उक्त आयोजनाबाट करिब ४ वर्षमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसको अनुमानित लागत रु ५.५० अर्ब हुने अनुमान गरिएको छ ।
  • पर्यटन व्यवसायमा पनि लगानी गर्ने उद्देश्यले राजधानीमा अत्याधुनिक सुविधायुक्त अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण गरिने छ । २२० कोठा हुने उक्त होटलले सन २०१६ को अन्तसम्ममा सेवा दिने लक्ष्य राखिएको छ । करिब रु ५ अर्बको लागतमा निर्माण सम्पन्न हुने उक्त होटलमा ६०० जनशक्तिले प्रत्यक्ष रोजगारी पाउने छन् ।
  • सुर्खेतमा करिब रु ४ अर्बको लागतमा तत्काल दैनिक १२०० मेट्रिक टन उत्पादन क्षमताको मुिक्तश्री सिमेन्ट ईण्डस्ट्रिज प्रा. लि. स्थापना गरी आवश्यक सर्भेक्षण अध्ययन पुरा गरिसकिएको छ । दोश्रो चरणमा उक्त उद्योगबाट दैनिक ३००० मेट्रिक टनसम्म उत्पादन क्षमता वृद्धि गर्ने लक्ष कम्पनीको रहेको छ । यसबाट करिब ५,००० जनशक्तिले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ ।
  • उपभोक्ताहरुलाई गुणस्तरीय उपभोग्य बस्तु उपलब्ध गराउने उद्देश्यले नेपाल इन्फ्रा प्रा.लि. नामक कम्पनी स्थापना भएको छ र सो कम्पनीले सुपरस्टोरहरु स्थापना गर्दै जाने भएको छ । यस सन्दर्भमा काठमाण्डौको मिनभवनमा सुपरस्टोर खोल्ने भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यसै गरी चितवनको नारायणघाट र मकवानपुरको हेटौंडामा पनि निकट विषयमा सुपरस्टोरहरु खोल्न ठाउं निर्धारण गरिसकिएको छ भने क्रमश यसलाई विस्तार गर्दै देशभर पुर्याउने लक्ष लिईएको छ । यसको प्रारम्भिक लागत रु.३ अर्व हुने अनुमान गरिएको छ, जसमा स्वदेशी पूंजी परिचालन गरिनेछ ।
  • यी ठूला आयोजना सम्पन्न गर्न संस्थाले नेपाल सरकारको लगानी बोर्डको परिधि भित्र रही नेपालमा बैदेशिक लगानी लेराउन पनि कम्पनी सक्रिय रहेको छ । अहिलेसम्म यस कम्पनीले रु १० अर्ब बाहृय ऋण भित्र्याएको छ भने कामको गतिसँगै थप रु ८ अर्ब रकम भित्र्याइने छ । बाहृय लगानी ल्याउने सन्र्दभमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र उद्योग मन्त्रालयबाट पाएको सहयोगका लागि आभार व्यक्त गर्दछु । साथै लगानी भित्र्याउने क्रममा लगानी बोर्डबाट द्रुतगतिमा लगानी ल्याउन गरेको सहयोगका लागि विशेष धन्यवाद ज्ञापन गर्दछु ।

मुक्तिश्री प्रा.लि केवल उद्योग र व्यावसायिक क्षेत्रमा मात्र सीमित नरही संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्० बहन गर्दै आएको छ र त्यसलाई निरन्तरता दिइने छ । योगदान गरेका धार्मिक एवं सामाजिक काम यस प्रकारका छन् ।

  • माधवराज सुमार्गी स्मृति कोष स्थापना गरी त्यसै कोष मार्फत सामाजिक सेवामा योगदान दिइदै आएको छ । हेटौडामा राप्ती खोलाको किनारै किनार वैकल्पिक सडक निर्माण गर्न रु १ करोड प्रदान गरी सहर बाहिर १०.५ कि.मी. कच्ची सडक तयार गर्न सहयोग गरिएको छ ।                                          पशुपतिक्षेत्रमा धार्मिक काम गर्न आउनेहरुलाई सुविधा पुगोस् भनी माधवराज सुमार्गी स्मृतिकोषका तर्फबाट एकैपल्ट १००० जनासम्मले भोजन गर्न सक्ने क्षमताको प्रसादगृह एवं सभाहलको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने तयारीमा छौं । उक्त हल तीन कक्षमा बांडिएको छ जसमा २५०,५०० र २५० का तीन कक्षको नाम क्रमश पं.शशिधर पराजुली, राष्ट्रगुरु योगी नरहरिनाथ एवं निस्पक्ष सक्रियताको अभ्यास—थाहा दर्शन कक्ष रहेका छन ।
  • थाहा संचार अन्तर्गत विन्ध्यवासिनी मिडीया प्रा.लि.ले विगत ६ वर्षदेखि हेटौडाबाट ९९.६मेगाहर्जमा एफ एम रेडियो सेवा संचालन गरी आएको छ ।
  • थाहा दर्शनका प्रणेता स्व.रुपचन्द« बिष्टको दर्शनको अध्ययन गर्न थाहा दर्शन अध्ययन प्रतिष्ठान नामक सामाजिक संस्था स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

लगानी विवरण
आयोजना                                                                                                                                                    लागत (रु.)
१. नेपाल स्याटेलाइट टेलिकम                                                    ६.५० अरब (हाल सम्म ७ अरब लगानी भईसकेको)
२. धादिङ्ग आँखुखोला हाइड्रो                                                                                                                      ५.५० अरब
३. होटेल                                                                                                                                                           ५.०० अरब
४. मुिक्तश्री सिमेन्ट ईण्डस्ट्रिज                                                                                                                    ४.०० अरब
५. नेपाल इन्फ्रा                                                                                                                                               ३.०० अरब
जम्मा ः                                                                                                                                                   रु.२३.५० अरब

अन्त्यमा, हालका योजनाहरुमा करिब १५०० जनशक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् भने भविष्यमा उल्लेखित आयोजनाहरु संचालनमा आए पश्चात करिब १०,००० जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको अवसर प्राप्त हुने अनुमान गरिएको छ । धन्यवाद,